लोकसेवा आयोगको परीक्षा नरोकिने

काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए ।

उनले भने ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उनले बताए ।

आयोगले आ.व. २०७६/०७७ र आ.व. २०७७/०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया