विश्व स्वास्थ्य संगठनले कर्णालीलाई दियो १७५ थान कन्सन्ट्रेटर

सुर्खेत- विश्व स्वास्थ्य संगठनले कर्णाली प्रदेशलाई १७५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश शंभाजीराव पाण्डवले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्।

यसैबीच मुख्यमन्त्री शाहीले प्रतिनिधिमण्डललाई कोरोनाविरुद्धको खोपमा सहयोग गर्न विश्व स्वास्थ्य संगठनको टोलीलाई आग्रह गरेको छ। कर्णाली प्रदेशमा झन्डै १२ लाख खोप आवश्यक भएको भन्दै मुख्यमन्त्रीलाई कोरोनाविरुद्धको खोप सहयोग गर्न आग्रह गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

त्यस्तै कोरोना रोकथाम कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा खोपको अवस्थाबारेमा विश्व स्वास्थ्य संगठनको प्रतिनिधिमण्डल र स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीको टोलीले प्रदेश सरकारसँग छलफल गरेको छ । प्रतिनिधिहरुलाई प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री, प्रदेश सरकारका प्रमुख सचिव गणेशप्रसाद पाण्डे र क्षेत्रीय स्वास्थ्य निर्देशक डा. रविन खड्काले कोरोना नियन्त्रणमा भएका प्रयासबारे जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया