राहुलको शतकमा भारतको गतिलो सुरुवात

इंग्ल्यान्डमा जारी पाँच खेलको टेस्ट सिरीजको दोस्रो खेलमा भारतले राम्रो प्रदर्शन गरेको छ। पहिलो दिन भारतले ३ विकेट गुमाएर २७६ रनको अबस्थामा दिनको खेल सकिएको छ। भारतका लागि केएल (लोकेश) राहुल १२७ रनको सानदार शतकीय इनिङ्समा अविजित छन्।

उनलाई अजिंक्य रहाणेले १ रनमा साथ दिएका छन्। यसअघि भारतका लागि ओपनर रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि १२६ रनको साझेदारी गरे। जुन १० वर्षपछि पहिलो पटक ओपनरको ठुलो साझेदारी हो। २०१० पछि दक्षिण अफ्रिका, इंग्ल्यान्ड, न्युजिल्यान्ड तथा अस्ट्रेलियन भूमिमा ओपनिङ विकेटका लागि पहिलो शतकीय साझेदारी हो।

रोहित शर्मा ८३ रन बनाएर आउट भए। उनको यो करिअरको १३ औ अर्धशतक हो। उनले राहुलसँग लगातार दोस्रो टेस्टमा अर्धसतकीय साझेदारी संभव बनाए। चेतेश्वर पुजारा ९ रनमा आउट भए। त्यस्तै कप्तान विराट कोहली ४२ रन बनाएर पेभिलियन फर्किए। उनले राहुल सँग तेस्रो विकेटका लागि ११७ रनको साझेदारी गरे।

राहुल लड्स मैदानमा शतक प्रहार गर्ने १० औ भारतीय खेलाडी बने। उनको समग्रमा भने यो छैटौं टेस्ट सेन्चुरी हो। राहुलले तीन वर्षपछि टेस्टमा शतक प्रहार गरे। पछिल्लो पटक २०१८ मा इंग्ल्यान्डविरुद्धनै केनिंग्टन ओभलमा शतक प्रहार गरेका थिए। जतिबेला उनले १४९ रनको स्कोर बनाएका थिए। इंग्ल्यान्डविरुद्ध राहुलको यो तेस्रो सतक हो। राहुल अघि लर्डस मानमा भारतले १२ शतक लगाएको छ।

तपाईको प्रतिक्रिया