खानेपानीका लागि घटाैं हिड्न बाध्य

हुम्ला ।  नाम्खा गाउँपालिका-५ तुम्कोट गाउँका स्थानीय बासिन्दाहरु एक घण्टा पैदल हिँडेर नदीको पानी ल्याउन बाध्य भएका छन् । गाउँमा खानेपानीको सङ्कट बढेपछि स्थानीयहरू घटाैं पैदल हिडेर नदीकाे प दिनप्रतिदिन

बढिरहेको छ । गत साउन २० गते आएको बाढीले खानेपानीको मुहान र पाइप बगाएर उक्त खानेपानी योजनामा क्षति पुयाएपछि नदीको धमिलो पानी प्रयोग गर्न स्थानीय बासिन्दा बाध्य छन् । स्थानीयवासीलाई पानीको व्यवस्था गर्ने अन्य विकल्प नहुँदा नदीमा पुग्नैपर्ने बाध्यता भएको स्थानीयकाे गुनासाे छ । तुम्कोटका स्थानीय बासिन्दा थुप्टेन ग्याण्टी लामाले बाढीले खानेपानीको मुहान, इन्टेक र पाइपलाइन बगाएपछि गाउँबाट एक घण्टा तलको तुम्कोट नदीबाट पानी बोकेर ल्याउनुपरेको बताइन ।

उनले घरआगनमै भएका धारामा पानी आउन छोडेपछि घरको एक जनालाई दैनिक पानी ओसार्नुपर्ने बाध्यता भएको दुखेसो पोखिन । बिहान सबेरै उठेर तुम्कोटका स्थानीय बासिन्दा लाइन लागेर खानेपानी लिन जानुपर्ने दैनिकी भएकाे उनकाे भनाइ छ । बाढीले मुहान बगाएपछि तुम्कोटका २४ घरधुरीका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक दन्त शाहीले फुइसिड खानेपानी तथा सरसफाइ योजनालाई बाढीले बगाएर लगेपछि गाउँमा खानेपानीको समस्या भएको बताए । उक्त खानेपानी आयोजनाको अधिकांश भाग क्षतिग्रस्त बनाएको जानकारी दिँदै ६ वटा सार्वजनिक धारा भने जस्ताको तस्तै रहेको उनले उल्लेख गरे ।

परियोजनाले समस्या समाधानका लागि सो योजनाको तत्काल मर्मत गर्न फिल्डमा प्राविधिक खटाएर लागत अनुमान तयार गरिरहेको जानकारी संयोजक शाहीले दिए । केही महिनाअघि मात्रै सो योजना निर्माण भई घरघरमा पानी आएको थियो ।

तपाईको प्रतिक्रिया