काफिया र निर्मलकाे व्यानरमा ‘‘म कमरेड” फिल्म

 सुर्खेत । काफिया मिडिया सेन्टर र निर्मल प्राेड्क्सनकाे ब्यानरमा लघु चलिचत्र म कमरेड तयार गरिएकाे छ । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा भाेगेकाे संघर्षको म कमरेड लघु फिल्ममा समावेश गरिएको छ । लघु फिल्म म कमरेडको लुक पोस्टर निर्माण कम्पनीले सार्वजनिक गरेकाे हाे ।

सुरबिना कार्की कमरेडको मुख्य भुमिकामा देखिएकी छन् । लघु चलचित्रमा सुरबिना कार्कीसँगै प्रेमदेव गिरि, रियल विक्रम लगायतको अभिनय रहेको निर्माता निर्मल पाैडेलले जानकारी दिए ।  कथा लेखन र निर्देशन पौडेलले नै गरेका हुन । फिल्म उत्पादन भने रिता पौडेल गणेश कंचन भारती र कर्यकारी निर्माता धिरेन चन्द हुन । लघु चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा पठाइने निर्देशक पौडेलले बताए । चलचित्र निर्माण अन्तिम चरणमा रहेकाले केही समयमा प्राेमाे सार्वजनिक गर्ने पाैडेलकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया