सफलताको लागि सोचाइ शक्तिशाली कि वातावरण ?

काठमाडौं ।  एक जना किसानका दुई जना छोराहरू थिए । आफूले छोराहरूलाई राम्रो हुने काम गर्नुपर्दछ भन्दथ्यो तर आफूले भने दिनदिनै टन्न रक्सी पिएर घरमा आउँदथ्यो र श्रीमतीलाई मनपरी भन्ने, घरैबाट निकालिदिने, कुट्ने गर्दथ्यो। एक पटकको कुटाइ त यति ठूलो थियो कि घरको माथिल्लो तलामा कुट्न सम्म श्रीमतीलाई कुट्यो त्यसपछि श्रीमतीको लामो चुल्ठोमा समाएर तान्दै तान्दै भयङ्गनिर ल्याएर त्यहीँबाट तल्लो तलामा घचेटिदियो श्रीमतीलार्इ ।

बिचरा श्रीमती रोएर चिच्याएर, कराएर मात्र के गर्नु, उसको दाहिने हात पनि भाँचियो। यस्तो झगडाको कुरा अनि कुटपिट गर्ने बाउको बानी ती दुई छोराहरूले आमाको गर्भदेखि नै सहँदै आएका थिए । त्यो निर्दयी जड्याहा बाउका क्रियाकलाप छोराहरूलाई सामान्य कुरा जस्तै भएका छन् । एकदिन झगडा गर्ने भए पो नयाँ अनि आश्चर्य हुने । दिनहुँ रक्सी पिएर झगडा गर्ने बाउको क्रियाकलाप तिनीहरूलाई सामान्य हुन्छ। अति दिकदार भएर।

हामी सबैसँग मस्तिष्क छ यही मस्तिष्कले नै जीवन सफल वा असफल बनाउँछ, एकै दिनमा हजारौं विचारहरु मस्तिष्कमा आउँदछन्, ती मध्ये सकरात्मक विचारलाई जोड्ने र नकरात्मक विचारलाई सकरात्मक नबनाई छोड्दै नछोड्ने शक्तिको विकास गर्नुपर्दछ।

बाउको रक्सी पिउने बानी, श्रीमती र आफ्नै छोराछोरी कुट्ने बानी झन् झन् बढ्दै गयो । उसकी श्रीमती चिन्तै चिन्ताले र उसको पिटाइले दुब्लाउँदै गई, अति बिरामी परी र अकालमै आफ्ना साना छोराहरूलाई टुहुरा बनाउन बाध्य भईन बिचरा उनी । श्रीमतीको मृत्युपछि २–४ महिनासम्म झगडा भएन, त्यसपछि फेरि उसले छोराहरूलाई मनपरी गर्न थाल्यो । बिचरा

छोराहरू साना थिए । उनीहरू रुन बाहेक केही जान्दैनथे रक्सी नखाँदा भने उसले छोराहरूलाई माया नै गर्दथ्यो।
दिनहरू बित्दै गए । उसका छोराहरू पनि जवान भए । त्यसपछि बाउले उनीहरूको विवाह गरिदियो । तिनीहरूमध्ये कान्छो छोरा चाहिँ अति धनी र प्रख्यात भयो भने जेठो छोराले आफ्नै बाउले झै रक्सी पिउने, सानो कुरामा पनि श्रीमतीसँग झगडा गर्ने, राति घर ढिलो आउने श्रीमतीलाई कुट्ने गर्न लाग्यो। एउटै बाउले जन्माएका, एउटै वातावरणमा हुर्केका र सँगै बसेर एउटै खानेकुरा खाएका छोराहरूमध्ये जेठो गरीब र कान्छो अति धनी तथा प्रख्यात हुँदा सबै गाउँले समेत अचम्म परेका थिए।

एकदिन त्यो गाउँका विशिष्ट व्यक्तिहरूले ती दुई छोराहरूको अन्तर्वार्ता लिए। पहिला जेठो छोरालाई सोधियो “तिमीलाई यसरी रक्सी खाने, झगडा गर्ने , श्रीमती पिटने प्रेरणा कसबाट प्राप्त भयो” त्यसपछि उसले उत्तर दियो
मेरो आफ्नै बुबाबाट ।” अनि उनीहरूले अर्को प्रश्न कान्छो छोरालाई सोधेतिमी यसरी सबैभन्दा धनि, भलाद्मी, प्रख्यात हुने प्रेरणा को बाट प्राप्त भयो ?” उसले तुरुन्तै उत्तर दियो– “मेरो आफ्नै बुवाबाट।

मान्छे र मेसिन कतिबेला बिग्रन्छ थाहा हुँदैन । केही समय अगाडीको तपाईको प्रिय मान्छे आज नराम्ररी बिग्रीसकेको हुन सक्छ, फेरी तपाईलाई नै धोका दिएको बिग्रीएको मान्छे आज पूर्ण रुपमा सुध्रिएको हुन सक्छ । अतः मान्छे बिग्रने र सुध्रने भन्ने कुरा एक क्षणमा निर्धारण हुने गर्दछ, त्यसैले मान्छे प्रत्येक क्षण–क्षणमा अति होसियार हुनुपर्दछ।

अतः बन्धुहरू । उही एउटै वातावरणमा हुर्केका छोराहरूमा पनि कति ठूलो अन्तर। तर अझै पनि उत्तर भने उनीहरूको एउटै छ। दुवै जनाको उत्तर एउटै छ। वातावरण पनि उही छ तर त्यत्ति ठूलो फरक किन ? हामीले बुझ्नै पर्ने गाँठी कुरा । दुवै जनाको उत्तर एउटै हुँदा सबैलाई आश्चर्य लाग्यो ।

त्यसपछि उनीहरूलाई यसो हुनाको कारण पनि सोध्न मन लाग्यो । त्यसपछि पुनः पहिलो प्रश्न जेठो छोरालाई नै सोधियो – “त्यसो भए ल भन तिमीले रक्सी पिउने, श्रीमती पिट्ने, झगडा गर्ने काम कसरी सिक्यौ ?” उसले उत्तरदियो “म सानो हुँदादेखि नै मरो बुबाले यसै गर्नुहुन्थ्यो । त्यही बुबाको वानी व्यहोरा देखेर मैले पनि जीवनमा यसै गर्नुपर्दछ भन्ने ठानेर यस्तो व्यक्ति बनेको हुँ।

त्यसपछि कान्छो छोरालाई सोधियो “तपाईंको सफलताबारे हामीलाई बताइदिनुस् न ?” त्यसपछि उसले भन्यो “म सानो छंदा बुवाले रक्सी पिउने, पिट्ने गर्नुहुन्थ्यो । उहाँको यस्तो वानी मलाई कत्ति मन नै पर्दैन्थ्यो र मैले मनमनै सानैदेखि म ठूलो भए पछि यसरी रक्सी कहिल्यै पनि पिउन हुँदैन भन्ने कुरा मेरै बुवालाई देखेर मैले उहाँबाट ठुलो पाठ सिके र म आज यस्तो भए।

जब बच्चा हिड्न शुरु गर्दछ, ऊ कैयौं पटक लड्दछ । अतः लड्नु भनेको असफलता होइन यसले त उठनको लागि अतिरिक्त शक्ति प्रदान गर्ने गर्दछ।

अतः हामी सबैसँग मस्तिष्क छ। बुझाई पनि फरक फरक हुन्छ। एउटा नराम्रो कुरालाई पनि राम्रो तरिकाबाट बुझ्न सकियो भने जीवनलाई आफूले चाहे जस्तो दिशामा लैजान सकिन्छ। एउटै बाबुको बानी व्यहोराबाट ती दुई छोराहरूले कस्तो फरक तरिकाले विचार गर्न पुगे । एउटा छोराले सजिलोसँग अर्थात् आफू अगाडि जे छ त्यही देख्यो तर अर्कोले (कान्छोले) चाहिँ त्यही कुरालाई घुमाउरो तरिकाले बुझेर जीवनलाई सफल बनायो ।

अगाडिको कुरा प्रत्यक्ष सोच्नलाई सृजना चाहिँदैन भने घुमाउरो तरिकाले सोच्न सृजनशीलता पनि आवश्यकता पर्दछ । अब कुरा गरौ यस्तो सृजनाशिलता कहाँबाट प्राप्त हुन्छ त ? यो त केवल सकारात्मक साँचेर अनि दिमागलाई खुशी राखेर प्राप्त गर्न सकिन्छ तर रिसाएर, नबोलर, झकिएर, ठुस्स परेर हामीमा भएको सकारात्मक सोच हास हुँदै जान्छ र सुबुद्धिको सट्टा कुबुद्धि बढ्दै जान्छ।

तपाईको प्रतिक्रिया