बलात्कार आरोपी मन्त्री बर्खास्तको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी युवासंघकाे प्रदर्शन

सुर्खेत । बलात्कारको आरोप लागेका कर्णाली सरकारका भूमि व्यवस्था तथा सहकारीमन्त्री कुर्मराज शाहीको बर्खास्तीको माग गर्दै नेकपा एमालेनिकट युवा–विद्यार्थीले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् ।

युवासंघ नेपाल र अनेरास्ववियुले मन्त्री शाहीको बर्खास्ती माग गर्दै आज मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् । ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री भएका शाहीलाई आफ्नै स्वकीय सचिवकी श्रीमती बलात्कारको आरोप लागेको छ ।

मन्त्री बर्खास्तीको माग गर्दै भएको प्रदर्शनमा सयौं एमालेनिकट युवा विद्यार्थीको सहभागिता थीयाे ।

तपाईको प्रतिक्रिया