फेरि बाेले बामदेव ‘जबज मात्रै शर्त राखेकाे छु’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी प्रवेश गर्न जनताको बहुदलीय जनवाद (जबज) पनि रहनुपर्छ भन्ने बाहेक अरु कुनै सर्त नराखेको उनको सचिवालयले जनाएको छ। गौतमको सचिवालयले विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो ।

‘माधव कुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्त बाहेक अरु कुनै शर्त वामदेव गौतमले राख्नु भएको छैन,’सचिवालयले भनेको छ, ‘अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ ।’ बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आफू निकट नेताहरु हरिप्रसाद पराजुली र केशवलाल श्रेष्ठलाई लिएर भेटवार्ता गरेका थिए।

तपाईको प्रतिक्रिया