बच्चाजस्तै रुने अनौठो चरा ‘लायरबर्ड’ (भिडियो)

घना जंगलको बीचमा बच्चा रोएको आवाज सुनियो भने कस्तो प्रतिक्रिया होला रु तर, यस्तो आवाज निकालेर चरा पनि कराउँछ । अष्ट्रेलियाको सिड्नीस्थित तारोङगा चिडियाखानामा एउटा यस्तै चरा राखिएको छ ।

जसले बच्चा रोएको आवाज निकाल्दै कराउँछ । यसको नाम लायरबर्ड हो । मानिसको नक्कल गर्ने भएकाले यसलाई नक्कल गर्ने चरा पनि भनिन्छ । अष्ट्रेलियाको तारोङ्गा चिडियाखानाले लायरबर्डको एउटा भिडियो ट्विटरमा सेयर गरेको छ ।

अष्ट्रेलियाको म्युजियमका अनुसार लायरबर्ड नक्कल गर्न खप्पिस हुन्छन् । यसले वरिपरिका रुख काट्ने मेसिन, कारको इन्जिन, जनावरहरूका आवाजको पनि नक्कल गर्छन् ।

चिडियाखानाको प्रशासनले जानकारी दिएअनुसार कहिले काँही लायरबर्डले निकालेको आवाज सुनेर चिडियाखानाका कर्मचारीहरु डराउँछन् । नेशनल आउडुबान सोसाइटीका अनुसार पोथी लायरबर्ड प्रजननका लागि आवाज निकाल्छन् ।

पोथी लायरबर्ड भालेसँग सम्बन्ध बनाउन लागि विभिन्न प्रकारका आवाज निकाल्ने गर्छ । यो चराको प्रजनन जुनदेखि अगस्ट महिनामा हुने गर्छ । कोर्नेल युनिभर्सिटीका अनुसन्धानकर्ताका अनुसार यी चराहरूले खतराको महसुस गरेपछि समूहमा हुने पन्छीहरूको आवाज निकाल्छन् ।

आफूलाई सुरक्षित गराउन वरिपरि पनि अरु चराहरु भएको संकेत गर्न उनीहरु समूहमा बस्ने पन्छीको आवाज निकाल्ने गर्छन् ।

https://twitter.com/tarongazoo/status/1432489666897453057?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1432489666897453057%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F198800%2F2021%2F9%2F11%2Flayer-bird

तपाईको प्रतिक्रिया