नर्वेमा लेबर पार्टीलाई अत्याधिक बहुमत

काठमाडौं । नर्वेको वामपन्थी विपक्षी दल लेबर पार्टीले आम चुनावमा अत्यधिक बहुमत हासिल गरेको छ।

मुलुकको तेल उद्योगको भविष्यबारे यसअघि ठूलो अभियान चलाएको जोनास गाहर स्टोर नेतृत्वको लेबर पार्टीले चुनावमा अत्याधिक बहुमत प्राप्त गरेको हो।

लेबर पार्टीको जितसँगै सन् २०१३ मा सत्तामा आएकी दक्षिणपन्थी गठबन्धनकी नेतृ प्रधानमन्त्री एर्ना सोलबर्गको सत्ता खोसिएको छ।

चुनावमा अत्यधिक मतसहित जित हासिल गरेपछि लेबर पार्टीका नेता स्टोरले आफूहरुले निकै मेहनत गरेर अभियान सफल पारेको प्रतिक्रिया दिए।

१ सय ६९ सदस्यीय संसदमा विपक्षी गठबन्धनले १ सय सिटमा जित हासिल गर्ने देखिएको छ। जबकी बहुमतका लागि ८५ सिटमा मात्रै जित हासिल गरे पुग्छ।

नर्वे पश्चिम युरोपको तेल र ग्यासको ठूलो उत्पादनकर्ता हो। विपक्षी पार्टीले जलवायुको असर न्यूनीकरणका लागि प्राकृतिक तेल भण्डारहरुको उत्खनन् विरुद्ध अभियान चलाएको थियो। यही अभियानलाई अनुमोदन गर्दै मतदाताले वामपन्थी दललाई अत्यधिक मत दिएका हुन्।

तपाईको प्रतिक्रिया