कक्षा १२ को परीक्षामा सहभागी हुँदै गर्दा करिश्माले भनिन्– रातभर सुत्न सकिन्

काठमाडौं । नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर पनि आजबाट सुरु भएको परीक्षामा सहभागी भएकी छन् । कलेज ड्रेसमा सजिएर उनी बुधबार ११ बजे कक्षा १२ को परीक्षा दिन परीक्षा केन्द्र किटनी कलेज गोदावरी पुगेकी छन् ।

उनले अध्ययन पनि सोही कलेजबाट गरेकी हुन् । परीक्षा केन्द्र पनि उनको त्यही परेको छ । अहिलेको समय परीक्षा हुँदा केही अप्ठ्यारो महसुस भइरहेको उनले बताएकी छन् । अभिनय, ब्यवसाय बिभिन्न कामले धेरै ब्यस्त भएको कारण करिश्माले यो पटकको परीक्षामा धेरै तयारी गर्न सकेकी छैनन् ।

केही दिनको तयारीमा आफु म परीक्षा दिन आएको उनले बताइन् । ‘यो पटकको परीक्षामा धेरैे तयारी गर्न सकेको छैन’ करिश्माले भनिन् ‘सहि तरिकाले तयारी गर्ने हो भने थोरै समय पनि लाभदायक हुँदो रहेछ ।’हिजोसम्म सुटिङमा रहेकी करिश्माले परीक्षाको का रण बुधबारबाट ८ असोजसम्मका लागि सबै काम स्थगित गरेकी छन् ।

मेजर अंग्रेजी बिषय लिएर अध्ययन गरिरहेकी करिश्माले कोरोनाले कलेज छुटाएकोले लेखनमा गाहे हुने हो कि भन्ने अनुमान गरिन् । कलेज परीक्षामा केही राम्रो रिजल्ट ल्याउनुपर्ने प्रेसर समेत उनलाई रहेको छ । सोही कारणले पनि आफु रातभर पटक पटक ब्यूँतिएर सुत्न नसकेको करिश्माले सुनाइन् । अभिनयको अलवा समाजसेवामा समेत सक्रिय उनले केही अगाडि आफुलाई राजनीतिबाट अलग राखेकी थिइन् ।

तपाईको प्रतिक्रिया