उर्लिदाे भेरी नदीमा हामफाल्ने महिला काे हुन् ?

सुर्खेत । भदाैकाे उर्लिदाे भेरी नदीमा एक महिलाले हाम फालेकी छन् । भेरी नदीकाे किनारामा कपडा, माेबाइल र चेक लगायतका सामान छाडेर भेरी नदीमा हामफालेकी हुन् । मलामी गएकी प्रदेश सभा सांसद पदमा खड्कासहितकाे टाेलीले टाढाबाट राेक्न लागि बचाउँन खाेज्दा पनि महिलाले सिँधै नदीमा हाम फालेकी थिइन् ।

नदीमा हामफाल्नु पूर्व महिलाले छाेडेका कपडाहरू । तस्वीर साैजन्य : चिन्तामणि शर्मा

‘नदी किनारामा केही कागज र कपडा छन् प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन,’ सांसद खड्काले भनिन्, ‘तत्काल उनकाे खाेजी र पहिचानकाे लागि प्रहरी चाैकी सुब्बाकुनालाइ खवर गरिदिएका छाैं ।’ उनकाअनुसार प्रहरी टाेली भेरी नदीतर्फ गएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पनि घटनास्थलमा प्रहरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए । प्रहरी भेरी नदीस्थित महिलाले हामफालेकाे ठाउँमा पुगिसकेकाे हामफाल्नु पूर्व कुनै लिखित नाेट राखेकाे बारेमा अनुसन्धान शुरू गरिसकेकाे छ ।

error: Alert: Content is protected !!