काेराेना अपडेट

पछिल्लो २४ घण्टामा थप १५११ जनामा कोरोना पुष्टि, मृतकको संख्या ११ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार विगत २४ घण्टामा थप १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १५ हजार १७९ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १ हजार ६८९ जना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमित संख्या २५ हजार ७७२ रहेको मन्त्रालयले जनाएको छ ।

कूल संक्रमित संख्या ७ लाख ८१ हजार पुगेको छ भने कूल निको हुने संख्या ७ लाख ४५ हजार पुगेको छ। पछिल्लो जानकारी अनुसार नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै कोभिडबाट मृत्यु हुनेको कूल संख्या ११ हजार २ पुगेको छ ।

तपाईको प्रतिक्रिया