सहयोगले मात्रै राउटेको अस्तित्व जोगिदैन् : अध्यक्ष तिमिल्सेना

सुर्खेत । विभिन्न दाता एवम् गैरसरकारी निकायको सहयोगले राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले सोच्नुपर्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले बताएका छन् । हाल बेलायत बस्दै आएका पर्वत जिल्लाका समाजसेवीले राउटे समुदायका लागि पठाएका सहयोग सामग्री हस्तान्तरण गर्दै अध्यक्ष तिमिल्सेनाले यस्तो बताएका हुन् ।


सहयोग सामग्री हस्तान्तरण गर्न अध्यक्ष तिमिल्सेना सल्यानको बनगाड कुपिन्डे नगरपालिका १ घाटगाउँस्थित राउटे बस्तीमै पुगेका थिए । उनले राउटेका लागि राज्यले बेग्लै नीति बनाउन जरुरी भइसकेको बताए । ‘राउटेलाई पैसा, सरसामान दिएर मात्र जीवनस्तरमा सुधार हुँदैन्, यसको बढ्ता दुरुपयोग हुन थालेको सुनिने गरेको छ,” उनले भने, “राउटे भाषा, संस्कृति र जीवनशैलीको संरक्षण हुने गरी विशेष नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”

राउटे जातिको सुरक्षा र जीवनस्तर सुधारका लागि स्थानीय तहले बढी ध्यान दिनुपर्ने उनको भनाई थियो । अध्यक्ष तिमिल्सेनाले भने, “चेतना (शिक्षा), स्वास्थ्य र आवासमा ध्यान दिन नसके राउटेहरु छिट्टै लोप हुने अवस्थामा पुग्नेछन् ।”

पर्वत स्थायी घर भई हाल बेलायतमा बस्दै आएका समाजसेवीद्धय वीरेन्द्र केसी र रविन्द्रजंग लामिछानेले पठाएका झण्डै चार लाख बढीको विभिन्न सामग्री अध्यक्ष तिमिल्सेनाले स्थानीय जनप्रतिनिधि, प्रशासनको रोहबरमा वितरण गरिएको छ । उक्त क्षेत्रका कर्णाली प्रदेशसभा सदस्य गुलाबजंग शाहले राउटेहरुलाई मदिराको कुलतबाट जोगाउनु मुख्यचुनौती रहेको बताए । उनले सामाजिक सुरक्षा भत्ता, विभिन्न सरकारी÷गैरसरकारी निकाय र व्यक्तिहरुले थुपै्र सहयोग गरेपनि त्यसको राउटे समुदायले उचित सदुपयोग गर्न नसकेकाले समस्या ज्यूकात्युँ रहेको टिप्पणी गरे ।

समाजसेवीद्वयले राउटे समुदायका लागि ७५-७५ थान म्याट, बल्यांकेट, प्रिफर्म, पाल ५० थान, चप्पल १२५, साबुन, पिठो लगायतका सामग्री प्रदान गरेका छन् । सहयोग वितरण कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्का, सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदम विष्ट, मध्यपश्चिम विश्व विद्यालयका मानविकी तथा समाजशास्त्र सङ्कायका डिन सहप्राध्याक डा लिलाधर तिवारी, बनगाड कुपिन्डे नगरपालिकाका उपप्रमुख मञ्जु ऐरी लगायतको उपस्थिति थियो ।

राउटेहरु हाल सल्यानको वनगाड कुपिन्डे नगरपालिकाको भेरी नदीकिनारस्थितबालुवासंग्रहीबाट एक साता अघि सोहीनगरपालिकाको घाटगाउँमा बसाइँ सरेका हुन् । समुदायमाआफ्ना कुनै सदस्यको मृत्यु हुँदाबसाइँ सर्ने प्रचलन रहेपनि पछिल्लो समय राउटेहरु छिटो–छिटो बसाइँ सर्ने गरेका छन् । नेपालकै अतिलोपोन्मुखयो समुदायहाल१४१ को संख्यामा छन् । सङ्घीय सरकारले यो समुदायको सामाजिक सुरक्षाकालागिमासिक रु. तीनहजार प्रदानगर्दै आएको छ ।

तपाईको प्रतिक्रिया