ऐतिहासिक कोतगढीमा सरसफाई

दैलेख । सदरमुकामस्थित पुरानो बजारमा रहेको ऐतिहासिक युद्ध किल्लाको रूपमा चिनिने कोतगढी अथवा बौण्डरी पर्खालको सरसफाई गरिएको छ । नारायण नगरपालिका–१ स्थित रहेको सैन्य गढीले परिचित कोतगढीमा शनिवार सरसफाई गरिएको हो ।


जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अगुवाईमा सुरक्षाकर्मी र स्थानीयहरुले सरसफाई गरेका छन् । वर्षातमा उम्रिएको घाँसका कारण गढीको स्वरुप नै क्रुप बनेको थियो ।

केही वर्ष पहिले किल्लाको भित्री सतहबाट करिब २ मिटरसम्म अग्लो ढुङ्गे पर्खाल निर्माण गरिएको थियो । बाइसे राज्यहरूमाथिको विजय अभियान अन्तर्गत गोरखाली सेनाले गढीको निर्माण गरेको मानिन्छ । गढीको मुल प्रवेश ढोका उत्तरतर्फ रहेको छ । गढीको क्षेत्रफल लगभग ६७२ मिटर छ ।

तपाईको प्रतिक्रिया