संविधान दिवस

संविधान अनुरूप जनताको काम ग¥यौं : प्रदेश प्रमुख कलौनी

हिजोको संविधान भन्दा आजको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द्र प्रसाद कलौनीले संविधान निर्माण हुनुमा सबैभन्दा ठुलो भूमिका जनयुद्धको भएको बताए । कर्णाली प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भई सम्बोधन गँर्दै प्रदेश प्रमुख कलौनीले यस्तो बताएका हुन् ।

कलौनीले कर्णाली प्रदेश सरकारले संविधान अनुरुप नै जनताको पक्षमा काम गरेर जनताका चाहानाहरु पुरा गर्न तिर लाग्नु पर्ने बताए । उनले भने ‘कर्णाली प्रदेश धार्मिक पुरातात्वयीक हिसाबले धनि प्रदेश समेत हो, त्यसैले कर्णाली प्रदेश आत्मनिर्भर हुन तर्फ लाग्नु पर्ने देखिन्छ ।’

त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको हिजोको संविधान भन्दा आजको संविधान धेरै प्रगतिशिल भएको बताएका छन् । मुख्य मन्त्री शाहीले नेपालमा स्थायित्व कायम गर्नको लागि धेरै पटक राजनीति आन्दोलन भएकै कारण आज देशमा ठुलो परिवर्तन भएको बताए ।

मुख्यमन्त्री शाहीले भने,’ ‘यदि जनयुद्ध र २०६२÷०६३ को जन आन्दोलन नभएको भए यहीँ संविधान पनि नेपाली जनताले पाउँने अवस्था थिएन ।’ मुख्यमन्त्री शाहीले नेपाली राजनीति दलको आ–आफ्नो स्वार्थका कारण विभाजित हुन लाग्दा पनि नेपाललाई संविधानले एक गराएको प्रष्ट पारे ।

साथै शाहीले संविधान ल्याउनको लागि बलिदान गर्ने शहीदहरूको सपना अनुरुप नेपालको संविधान अझै पुर्ण नभएको औल्याए । ‘सामान्य नागरिकहरुको आँखामा अझै पनि संविधानमा थप्नु पर्ने विषय धेरै छन् त्यो संसोधन गरेर हल गरिनु पर्ने महिले देखिएको छु ।’ मुख्यमन्त्री शाहीले भने ।

तपाईको प्रतिक्रिया