एकीकृत समाजवादी पार्टीको कार्यालय न्यूरोडमा स्थापना

सुर्खेत। नवगठित नेकपा ‐एकीकृत समाजवादी)को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । समाजवादीले आइतवार सुर्खेतको वीरेन्द्रन्द्रनगर–६ न्यूरोडमा पार्टी कार्यालय खोलेको हो ।

समाजवादीका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशसभा सदस्य देवी ओलीले रिबन काटेर कार्यालयको उद्घाटन गरेकी हुन् । कार्यालय उद्घाटन कार्यक्रममा समाजवादी पार्टीका विभिन्न कमिटीका नेता–कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता थिए ।

नेकपा (एमाले)बाट केही दिन पहिले अलग भएको नेताहरूको समूहले एकीकृत समाजवादी दर्ता गरेको थियो । अहिले समाजवादीका विभिन्न तहका कार्यालय स्थापना र कमिटी गठन भइरहेका छन् । कर्णाली प्रदेशका अधिकांश जिल्लामा कार्यालय स्थापना भइसकेको नेताहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया