कोरोना अपडेट

थपिए १४ सय बढी नयाँ संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो समय १३ हजार ९ सय ३० जनाको कोरोना परीक्षण गर्दा थप १४ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।

योसँगै मृतकको संख्या ११ हजार ५९ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै,१६ सय ३० जना कोरोनामुक्त भएका छन्। काठमाडौंमा तीन सय ५५,भक्तपुरमा ५८ र ललितपुरमा एक सय ५१ गरी उपत्यकाभित्र कुल पाँच सय ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया