सिटीले चेल्सीलाई हरायो, युनाइटेड एस्टन भिल्लासँग स्तब्ध

काठमाडौं : ​ इंग्लिस प्रिमियर लिगमा साविकको विजेता म्यानचेस्टर सिटीले उपाधि दाबेदार देखिएको लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ। त्यस्तै म्यानचेस्टर युनाईटेड एस्टन भिल्ला सँग स्तब्ध रहँदा लिभरपुल ब्रेनफोर्डसँग ३-३ को बराबरीमा रोकिएको छ।

सिटीका लागि दोस्रो हाफमा ब्राजिलियन फरवार्ड गाब्रियल जेससले गरेको एकमात्र गोल निर्णायक बन्यो। त्यस्तै अर्को दाबेदार युनाईटेड पनि एस्टन भिल्लासँग १-० ले नै पराजित भयो। चेल्सी र युनाईटेड दुबैको यो जारी सिजनमा पहिलो हार हो।

स्टामफोर्ड ब्रिजमा शनिबार साँझ भएको खेलमा सिटीले घरेलु टोलीलाई दवावमा राखेको थियो। पहिलो हाफमा गोलका राम्रा अवसर सदुपयोग गर्न सिटी असफल रह्यो। एकपछि अर्को आक्रमण गरेपनि सिटी असफल भएको थियो।

तर घरेलु दर्शकलाई निरास पार्ने क्रममा सिटीले ५३औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले जोओ क्यान्सिलोको पासमा गोल गरेका थिए। त्यसपछिपनि सिटीले निरन्तर आक्रमण गरेको थियो। तर गोल गर्न भने सकेन्।

तपाईको प्रतिक्रिया