पहिलोपटक कर्णाली प्रदेशसभामा दर्ता भयाे : गैरसरकारी विधेयक

सुर्खेत । कर्णाली प्रदेशसभामा ‘पहिलो गैरसरकारी विधेयक’ को रूपमा ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता भएको छ । जुम्ला जिल्लाबाट निर्वाचित प्रदेश सांसद एवम् पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशसभामा विधेयक दर्ता गराएका हुन् ।

यो गैरसरकारी विधेयक नेपालको प्रादेशिक संरचनाको अभ्यासका क्रममा पहिलोपटक दर्ता भएको हो । विधेयकले खस संस्कृतिको संरक्षण, प्रचारप्रसारका लागि कोसेढुंगाको काम गर्ने सांसद भण्डारीले बताए ।

‘सिंजा सभ्यता क्षेत्रको सामाजिक, धार्मिक, भाषिक, आर्थिक, सांस्कृतिक, तथा पर्यटकीय पूर्वाधारहरुको विकास गर्न यो विधेयकको आवश्यकता महसुस भएको थियो,’ उनले भने, ‘सिंजा सभ्यता क्षेत्रभित्रको भाषिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका स्थानहरु र सो क्षेत्रभित्र रहेका विभिन्न सम्पदाको संरक्षण र व्यवस्थापन गर्नका लागि आवश्यक कानून निर्माण गर्नु राज्यको दायित्व हो । राज्यले नगरेकका कारण मैले यो दर्ता गरेको हुँ ।’

पूर्वमन्त्री भण्डारीले भने, ‘खसान साहित्य र मौलिकतालाई जीवित राख्न पनि यो विधेयक प्रदेश सभामा दर्ता गराएको हुँ ।’

तपाईको प्रतिक्रिया