माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं । मंगलबार बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण बुधबार ११ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा यसअघि पेश भएका तीनवटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।

तपाईको प्रतिक्रिया