राष्ट्रियसभाको बैठक असाेज १८ मा बस्‍ने

काठमाडौं : राष्ट्रियसभाको बैठक एक दिन पछि सारिएको छ। आगामी १७ गते बस्ने भनिएको बैठक १८ गते दिउँसो १ बजे बस्ने गरी सारिएको हो। राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको हो।

संसद् सचिवालयद्वारा जारी सूचनामा भनिएको छ, ‘राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्मानीय अध्यक्षज्यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

तपाईको प्रतिक्रिया