इपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटअन्तर्गत आज पनि दुईवटा खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे पहिलो खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्स खेलेका छन् ।

जारी लिगमा विराटनगरले दुई खेलबाट एक अंक पनि जोड्न सकेको छैन भने ललितपुरले ३ खेलबाट १ अंक जोडेको छ। यी दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन्।

आजै दिउँसो साढे १ बजे हुने दोस्रो खेलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। चितवनले लगातार दुई खेलमा जित निकालेर ४ अंक जोडेको छ। अपराजित यात्रा कायम राख्ने दाउमा मैदान उत्रिँदा पोखरा राइनोज दोस्रो जितको खोजीमा हुनेछ। उसले यसअघिका २ मध्ये एकमा जित निकालेको छ भने एक खेलमा अंक बाँडेको छ।

तपाईको प्रतिक्रिया