विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४८ लाख नाघ्याे

काठमाडौं । केही दिनदेखि विश्वभर कोरोना संक्रमण घटबडकाे क्रम जारी छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार संक्रमण दर र मृत्यु दरसमेत बढेको देखाएको हो । त्यस्तै, निको हुनेको संख्या पनि बढिरहेको पाइएको छ । नेपालमा भने केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेकाे छ र निकाे हुनेकाे संख्या बढिरहेकाे छ । त्यस्तै, मृत्यु हुनेकाे संख्या पनि घट्दाे क्रममा रहेकाे छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार २०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ७ हजार २०१ को मृत्यु भएको हो। त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ४७ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २३ करोड ५० लाख ९ हजार ५१५ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २१ करोड १७ लाख ५९ हजार ११९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार मृत्यु हुनेको संख्या ४८ लाख ४ हजार ६७० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार १४८ जनाको ज्यान गएको छ । १८ हजार ११५ जना सक्रिय संक्रमित रहेका छन् भने ७ लाख ९५ हजार ९५९ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ७ लाख ६६ हजार ६९६ जना संक्रमित निको भइसकेका छन् ।

तपाईको प्रतिक्रिया