उकाले लाग्दै सुनकाे भाउ, ताेलामा पाँच सय बढ्याे

काठमाण्डाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो ।

छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ८०० मा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ जुन सोमबार प्रतितोला रु ८९ हजार ३५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

तपाईको प्रतिक्रिया