टिकटक बनाउछु भन्दै सुनको सिक्री लिएर फिर्ता नदिएपछि…

सुजन वाईबा (परिवर्तित नाम) बौद्धमा बस्छन् । उनको घर दोलखाको मेलुङ हो । केही दिन अघिको कुरा हो । उर्मिला भन्ने यूनिसा मगर र रोशनी भन्ने सुनिता तामाङ नाम बताउने महिलाले सुजनलाई फोन गरी एयरपोर्ट बोलाउँछन् ।

काभ्रे बनेपा घर भएकी युनिसा जडिबुटि बस्छिन् । भने काभ्रे नमोबुद्ध घर भएकी सुनिता बानेश्वर बस्छिन् । सुजलाई युनिसा र सुनिताले एयरपोर्टबाट ट्याक्सीमा बस्न लगाई ललितपुरको चापागाउँ बसपार्क नजिकै रहेको खाजा कटेजमा खाजा खान भनी लान्छन् ।

कटेज पुगेपछि युनिसाले टिकटक बनाउन्छु भनेर सुजनले लगाईरहेको करिब ३७ दशमलब ५ ग्रामको सुनको सिक्री लिई साथीको जन्मदिन मनाउन चपागाउँकै मोक्तान होटलमा जान्छिन् । युनिसाले सुनिता र सुजनलाई होटलको कोठा भित्र छोडी सुनको सिक्री लिई बाहिर निस्किन्छिन् । त्यसपछि सुनिताले आफ्नो मोबाईल कोठामा छोडि बाहिरबाट कोठा बन्द गरी करिब २ लाख ५० हजार बराबरको सुन लिई ब्ल्याकमेलिङ सुरु गर्छन् । सुजनलाई सो कुरा असह्य हुन्छ । उनले अपराध महाशाखालाई गुहार्छन् । महाशाखाबाट खटिएको टोलीले ती युनिसा र सुनितालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरी परिसर जवालाखेल, ललितपुर पठाईएको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया