भगवतीमाइमा प्रथम वडा स्तरिय भलिबल प्रतियोगिता

दैलेख । जिल्लाको भगवतिमाई गाउँपालिका–३ मेटलपाटा दैलेखमा प्रथम वडा स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ । विजया दशमी तथा शुभ दीपावलीको अवसरमा वडा नम्बर-३ को महादेव माध्यमिक विद्यालयको प्राङ्गणमा भलिबल प्रतियोगिताको आयोजना गरिएको हाे ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रथम वडा स्तरिय भलिबल प्रतियोगिताको तयारी पुरा भएको खेलकुद विकास समितिका संयोजक पदम बहादुर खड्काले जानकारी दिए । बिहीबारबाट सुरु हुने प्रतियोगिता खेलकुद विकास समिति भगवतीमाई–३ को आयोजना र ३ नम्बर वडा कार्यालयको समन्वयमा भएकाे प्रतियोगितामा ११ वटा टिम दर्ता भएका छन् ।

दर्ता भएका टिमहरूबिच प्रतिस्पर्धा हुने खेलमा प्रथम पुरस्कार २५ हजार, दाेस्राे हुनेलाइ १७ हजार र तेस्राे हुनेलाइ १० हजार रुपैयाँ नगद पाउने छन् । साथै, उनीहरूलाइ मेडल र प्रमाणपत्र समते प्रदान गरिने आयोजकले जनाएकाे छ ।तर उदयमान खेलाडीहरूलाइ दुइ हजार नगद पुरस्कारकाे पनि व्यवस्था गरिएकोछ। वडामा खेलकुदका कार्यक्रम कमै हुने गर्दछन् । तर खेलकुद विकास समितिले पहल गर्दा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सुरु हुन लागेको वडा कार्यालयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया