पूर्व खेलाडी गुरूङकाे सम्झनामा अक्षयकाेष, नगर प्रमुख सुवेदीद्वारा एक लाख सहयाेग

सुर्खेत । जिल्ला खेलकद् विकास समितिका भूतपूर्व अध्यक्ष एवम् फुटबल खेलाडी स्वर्गीय यज्ञ गुरुङको सम्झनामा अक्षकोष स्थापना गरिने भएकाे छ । काेषमा वीरेन्द्रनगर नगरपालिकामा प्रमुख देवकुमार सुवेदी व्यक्तिगत रूपमा एक लाख सहयाेग गर्ने घाेषणा गरेका छन् । नगर प्रमुख सुवेदीसहित जिल्ला फुटबल संघ सुर्खेत र संघका अध्यक्ष जनकबहादुर रावलले संयुक्त रुपमा अक्षकोष स्थापना गर्ने घाेषणा गरेका हुन् ।


संघले बुधबार विजया दशमी, शुभदीपावली तथा छडपर्व र नेपाल सम्मवतको असरमा पारी आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अक्षकोष स्थापन गर्ने घोषणा गरिएको छ । खेलाडीको सम्मान र गुरुङको सम्झनामा स्थापना गरिने अक्षकोषमा फुटबल संघले ५१ हजार र संघका अध्यक्ष रावलले २५ हजार पाँचसय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । कोषको प्राप्त हुने ब्याजबाट हरेक बर्ष उत्कृष्ठ फुटबल खेलाडीलाई छात्रबृत्ति एवम् सम्मान गरिने छ ।

तपाईको प्रतिक्रिया