नेपाली ब्राण्डको गोल्डस्टार जुत्ताको डिलर सुर्खेतमा

सुर्खेत । घरेलु उत्पादन र नेपालमा सर्वाधिक रुचाइएको गोल्ड स्टार जुत्ताको आधिकारिक डिलर सुर्खेतमा सञ्चालन गरिएको छ । सुर्खेतका युवा व्यवसायी विवेक खड्काको एकल लगानीमा सर्वसुलभ दररेटमा जुत्ताहरु विक्री गर्ने उदेश्यले आजदेखि डिलर सञ्चालनमा ल्याएका हुन् ।

डिलरको वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले उद्घाटन गरेका छन् । युवा व्यवसायीलाई प्रोत्सान गर्ने नगरपालिकाको नीति रहेको र सोही अनुसार युवाहरुले नीजि क्षेत्रमा लगानी गर्नु सवल पक्ष भएको सुवेदीले बताए । ‘युवालाई रोजगारीमा जोड्नु राम्रो पक्ष हो, युवा व्यवसायीलाई हौसला दिने खालका नीति र कार्यक्रमहरु नगरपालिकाले लागु गरिरहेको छ,’ सुवेदीले भने, ‘युवाहरुलाई आत्मनिर्भर बनाउने कार्यक्रम पनि सञ्चालन गरिरहेका छौं, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेगरी सञ्चालन भएको डिलरले थप अग्रणि स्थान ओगट्ने विश्वास लिएको छु ।’ खड्काले एक करोड ५० लाखको लागतमा डिलर सञ्चालन गरेका हुन् । वीरेन्द्रनगर–६ पुरानो वाणिज्य बैंक बसेको घरमा रहेको डिलरमा नेपालकै उत्पादन सोनम कम्पनीका लत्ता कपडाहरुको आधिकारिक डिलर पनि हो ।

तपाईको प्रतिक्रिया