क्षमताभन्दा बढी यात्रु राखेको सवारीसाधनमा नचढ्न ट्राफिक प्रहरीको आग्रह

काठमाडौं।  क्षमताभन्दा बढी यात्रु बोकेका सवारी साधनमा यात्रा नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। दशैं मनाउन सहरबाट गाउँ वा गाउँबाट सहर जाने यात्रुलाई क्षमताभन्दा धेरै यात्रु बोेकेका सार्वजनिक सवारीसाधनमा यात्रा नगर्न प्रहरीले अनुरोध गरेको हो।

क्षमताभन्दा बढी यात्रु राख्ने, उभिएर यात्रा गर्ने, जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने स्थितिमा दुर्घटना र कोरोना संक्रमणको जोखिम हुने भन्दै सचेत रहन पनि ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

त्यसैगरी ट्राफिक प्रहरीले यातायात व्यवसायीलाई पनि सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु नराख्न निर्देशन गराएको छ।

तपाईको प्रतिक्रिया