सुर्खेतमा काक्रेबिहार गोल्ड्कप हुदै, प्रथम पुरस्कार एक लाख !

सुर्खेत । काक्रेबिहार युबा क्लब सुर्खेतले कात्तिक १० गते देखि सुर्खेतमा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरेकाे छ । सुर्खेत जिल्लामा रहेका ९ ओटा पालिकाका कम्तिमा ९ टिमले फुटबल प्रतियोगितामा सहभागिता जनाउने आयोजकको दाबी छ ।

फुटबल खेलका बिजेता टिममा प्रथम पुरस्कार एकलाख, द्वितीय पुरस्कार पचास हजार नगद र ट्रफी पाउने आयोजकले जनाएको छ । क्लबका अध्यक्ष चन्द्र प्रकाश शाहीले क्लब पनि खेलकुदको बिकास गर्न लागू गर्नु पर्छ भनेर प्रतियोगिता आयोजना गरिएको बताए । “सुर्खेत जिल्लाका खेलाडिलाइ पहिलो प्राथमिकता दिन र क्षमता अभिबृद्वी गर्न मिनि गोल्ड्कपको रुपमा सुरु गर्न लागेका हौं ।”

उनले भने, “यस क्षेत्रको धार्मिक, पौराणिक र पर्यटकिय क्षेत्र भएकाले पर्यटन प्रवर्द्धन गर्न काक्रेबिहार गोल्ड कप आयोजना गरेका हौं ।” कात्तिक दस गते देखि १४ गते सम्म प्रतियोगिता आयोजना गरिएको बताउदै अध्यक्ष शाहीले कात्तिक सात गते सम्म टिम दर्ता मिति राखिएको उनले बताए । “छ ओटा टिम आउने निस्चित भएको छ । अन्य तीन टिम आउने अपेक्षा गरेका छौँ । टिम दर्ता शुल्क दस हजार राखिएको छ । खान बस्ने ब्यबस्था हुदैन । खाने बस्ने ब्यबस्था पालिकाले गर्नु कुरा पत्रमै उल्लेख गरेका छौँ ।”

उनले भने, “छ लाख लाग्ने अनुमान गरेका छौँ । दुई वार्ड बाट दस हजार, नगरपालिकाबाट पचास हजार, कर्णाली खेलकुद परिषदबाट तीस हजार, जिल्ला फुटबल र खेलकुद समितिले खेलकुद सामाग्री सहयोग गर्ने,एक लाख सम्म सामाजिक बिकास मन्त्रालयबाट पाइने आश्वासन पाएका छौँ ।”

उनले बिरेन्द्रनगर रंगशाला प्रतियोगीता आयोजना गर्ने र खेलकुदलाइ माया गरून् भन्ने उदेश्यका साथ बीस रुपैया टिकट दर तोकिएको बताए । खेलकुद प्रतियोगिता सम्पन्न गर्न जति सकिन्छ त्यति सहयोग गरिदिन आयोजकले देश बिदेशमा रहेका नेपालिलाइ अनुरोध गरेका छन ।

तपाईको प्रतिक्रिया