डुबेको धानलाई के गर्ने ?

बेमौसमी बर्षाका कारण अहिले देशका विभिन्न मुलुकहरुमा बाढी पहिरोका साथै डुबान भएको छ । कार्तिक १ गतेदेखि निरन्तर परेका बर्षाका कारण किसानहरुले लगाएको सबै बालीहरुमा असर परेको छ ।

तस्बिर फरकबाटाे

पाक्न लागेको सबै बालीहरु पानीले सखाप पारेको छ । जसका कारण किसानहरु चिन्तित बनेका छन् । पाकेर भित्र्याउन लागेको बाली डुबान हुदाँ पानीले सबै सखाप पारेको कारण किसानहरु मारमा परेका छन् । तसर्थ डुबानमा परेको धान तथा बालीहरु जोगाउन यसो गर्नुहोस्

–सबै भन्दा पहिला खेतमा जमेको पानी निकाल्ने

–भिजेको धानलाई सुख्खा स्थानमा सार्ने

–धेरै तातो वा धेरै चिसो हुन नदिने नत्र धान उमि्रन सक्छ र नोक्सान हुन्छ

–सामान्य तापक्रममा रहनका लागि धानलाई समय समयमा चलाइराख्ने

–नकाटेको तर, ढलेर डुबेको भए खेतबाट पानी बाहिर निकाल्ने

–मौसम सफा नहुँदा सम्म धान नकाट्ने यदि काट्नै परेमा काट्दै झार्दै गर्ने

तपाईको प्रतिक्रिया