७४ हजार नगदसहित वीरेन्द्रनगरमा जुवा खेलाडी पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेकाे छ । वीरेन्द्रनगर-६ गाेदामलाईनमा रहेकाे हाेटल सम्राटबाट जुवा खेलिरहेको अवस्थामा सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीकाे नेतृत्वमा गएकाे प्रहरी टाेलीले हाेटल सञ्चालक सुरेन्द्र शाहीसहित सात जनालाई प्रकाउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले नेपालीरैवारलाई जानकारी दिए । उनकाअनुसार प्रहरीले उनीहरूकाे साथबाट ७४ हजार ३७५ रूपैया नगद र तास बरामद गरेकाे छ ।

(यसअघिकाे समाचारमा स्थान र बरामद गरिएको रकम फरक परेकाले सच्याईएकाे छ । -सम्पादक)

तपाईको प्रतिक्रिया