स्तन क्यान्सरका कारण,लक्षण र बच्ने उपायहरु

काठमाडौं। स्तनमा भएको कोष–कोषिकामा असामान्य रुपमा परिवर्तन आई तिनीहरुको अनावश्यक वृद्धिबाट बन्ने ग्रिखा, गाठागुठी, स्तनमा खाल्टो पर्नु, स्तन दुख्नु वा सुनिनु, आकार प्रकारमा परिवर्तन आउँनु, स्तनको मुन्टोबाट रगत वा तरल पदार्थ आउँनु र निको नहुने घाउनै स्तन क्यान्सर हो । बदलिदो जीवनशैली, खानपान, यौन, अनेकौं औंषधीका कारण स्तन क्यान्सर हुनुका साथै ज्यानै जाने क्रम पनि बढेको छ । यो समस्या महिला पुरुष दुबैमा हुन्छ । तर पुरुषमा भन्दा महिलामा बढि हुन्छ ।

कारणहरु

बच्चा नजन्मनाका कारण ।

स्तनपान नगराउनु ।

वजनमा अत्याधिक वद्धि ।

धेरै मदिरा सेवन गर्नाले ।

नराम्रो र अनियन्त्रित जीवनशैली स्तन क्यान्सरको प्रमुख कारण हो ।

लक्षण

स्तनको आकारमा परिर्वतन महसुस हुनु

स्तनको तल्लो भाग छाम्दा गाठो भएको महसुस हुनु ।

स्तन थिच्दा दुख्नु ।

कुनै तरल अथवा चिप्लो कुरा स्तनबाट बहनु ।

निप्पलको अग्रभाग मोडिनु एवं रातो रंगको हुनु ।

स्तन सुनिनु ।

बच्ने उपाय

–स्तनको विकास क्रममा बारेमा जानकारी राख्ने

–जंक फुड, चिल्लो पिरो, आगोमा पोलेको खानेकुरा धेरै नखाने

–प्रशस्त पानी,फलफूल हरिया सागसब्जी खाने

– जाँड रक्सी नखाने

–बच्चालाई स्तनपान गराउने

सूर्यको तेजिलो किरणको प्रभावबाट बच्ने ।

नुनको अत्याधिक सेवन नगर्ने ।

रातो मासुको सेवन धेरै नगर्ने ।

धेरै मदिरा सेवन र धुम्रपान नगर्ने ।

गर्भ निरोधक औषधि नियमित सेवन गर्नु अगाडि चिकित्सकीय परामर्श लिने ।

एक्सरसाइज र योगा नियमित रुपमा गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया