भारतमा कोरोना संक्रमितको संख्यामा फेरि वृद्धि

नयाँदिल्ली।  भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ। बुधबार भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ संक्रमित थपिएकामा बिहीबार त्योभन्दा चार हजार बढी देखिएको छ। पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ४५४ जना नयाँ संक्रमित थपिएका छन्।

सोही अवधिमा १७ हजार ५१६ जना संक्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या थोरै भएकाले सक्रिय संक्रमितको संख्या पनि वृद्धि भएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख ७८ हजार ८३१ रहेको जनाएको छ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड ३४ लाख ९५ हजार ८०८ पुगेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया