बागमतीको भावी मुख्यमन्त्रीका लागि नेकपा एसका नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव

काठमाडौं।  बागमती प्रदेशको भावी मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरिएको छ।

प्रदेश सभाको जारी बैठकमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य शालिकराम जमरकट्टेलले गठबन्धनका तर्फबाट पाण्डेलाई मुख्यमन्त्री प्रस्ताव गरिएको बताए। बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि सत्ता गठबन्धन दलले पाण्डेलाई अघि सारेको हो।

बागमतीमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले प्रदेश सभाको बाँकी कार्यकालको आधा-आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको छ। पाण्डेपछि कांग्रेसका इन्द्र बानियाँलाई बागमतीको मुख्यमन्त्री बनाउने गठबन्धन दलहरूबीच सहमति भएको छ।

तपाईको प्रतिक्रिया