तीन दिनदेखी कर्णाली राजमार्ग ठप्प

डोजरले पहिरो पन्छ्याउन सकेन, विस्फोट गरिँदै

सुर्खेत । अविरल वेमौसी वर्षातका कारण कर्णाली राजमार्गमा यात्रारत यात्रुहरुले सास्ती खेप्नु परेको छ । वर्षातले यो सडकका विभिन्न खण्डमा पहिरो जाँदा यात्रु र सवारी चालकहरुले तीन दिनदेखी सास्ती खेपिरहेका छन् । कालिकोटको पिली र शेरीघाटमा वर्षापछि पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध छ । कालिकोटको मान्म–नाग्म सडक खण्ड तीन दिनदेखी अवरुद्ध छ ।

पिलिमा खसेको पहिरो पन्छ्याउन तीनदेखी सडक डिभिजन कार्यालय जुम्लाको डोजर नसकेपछि विस्फोट गर्ने तयारी गरिएको छ । सडकमा ठूला ढुंगा अडिएकाले डोजरले हटाउन कठिनाइँ भएपछि विस्फोट गरेर फुटाउने तयारी थालिरहेको पहिरो स्थलमै रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख चक्रबहादुर शाहले नेपालीरैबारलाई जानकारी दिए ।

‘अहिले सडकमा रहेका ढुंडाहरुमा विस्फोटक पदार्थ राख्न प्वाल पर्ने काम भइरहेको छ,’ शाहले भने, ‘आज रातीसम्म सडक सुचारु गर्नेगरी प्रहरी र नेपाली सेना खटिएको छ ।’ यता कालिकोटको शेरीघाटमा पहिरो जाँदा बुधबार साँझदेखी राजमार्ग अवरुद्ध छ । सडक अवरुद्धहुँदा कालिकोट, जुम्ला, मुगुबाट सुर्खेतर्फ आउने र सुर्खेतबाट त्यसतर्फ जाने यात्रुहरुको विचल्ली भएको छ ।

तपाईको प्रतिक्रिया