चार जिल्लामा पाँच सयभन्दा बढी संक्रमित, मुगु र मुस्ताङमा संक्रमण शून्य

काठमाडौँ । नेपालका चार जिल्लामा पाँच सय भन्दा बढी कोरोना भाइरस संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् ।

साथै २०० भन्दा बढी संक्रमित भएका जिल्ला १५ रहेका छन् । संक्रमित शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका छन् । बिहीबार कोरोना संक्रमणबाट आठ जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ३२६ जनाको निधन भएको छ ।

पछिल्लो २४ घण्टामा ५४५ जनामा संक्रमण देखिएको छ । आठ हजार ५४९ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पाइएको हो । बिहीबार थपिएकासँगै देशभर सक्रिय संक्रमित ११ हजार ३१५ जना रहेका छन् । संक्रमण दर १८.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ७२६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८४ हजार ८८१ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.२ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया