घरमा राखेको बन्दुक पड्कीदा बालकको मृत्यु

सुर्खेत । मुगुमा घरमा राखिएको बन्दुक पड्कीदा एक बालकको मृत्यु भएको छ । खत्याड गाउँपालिका–१० डुवानाका १० वर्षीय बालक विकास रावलको आज दिउँसो मृत्यु भएको हो । आफ्नै घरमा रहेको बन्दुक चलाउँदा पट्कीदा बालकको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान गर्न प्रहरी चौकी सुकाढीकबाट तीन जनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

error: Alert: Content is protected !!