धान काट्न हिडेका वृद्धको खोलाले बगाएर मृत्यु

सुर्खेत । धान काट्न खेतवारी जाँदै गरेका एक वृद्धको खोलाले बगाएर मृत्यु भएको छ । सल्यानको वनगाड नगरपालिका–११ लामाखालीका ६० वर्षीय लिले बुढाको खोलाले बगाएरपछि मृत्यु भएको हो । धान काट्न भनेर हिडेका बुढा संग्रही खोला तर्ने क्रममा बगेका थिए । तत्काल उनको उद्दार गरिएपनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

error: Alert: Content is protected !!