कर्णालीको नेतृत्व काँग्रेसले पाउनुपर्छ : मन्त्री थापा

सुर्खेत । कर्णाली प्रदेशमा सरकार परिवर्तनको चर्चा चलिरहेको बेला नेकपा एकीकृत समाजवादीले पनि काँग्रेसले नेतृत्व पाउनुपर्ने धारणा सार्वजनिक गरेको छ । साझा विसौनी दैनिकले प्रकाशीत गरेको अन्तरवार्तामा समाजवादीका कर्णाली अध्यक्ष एवम् भौतिक पूर्वाधार तथा शहकारी विकास मन्त्री अम्मरबहादुर थापाले अबको मुख्यमन्त्री काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नै हुनुपर्ने उल्लेख गरेका छन् ।


मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा हुँदा विश्वासको मत दिने क्रममा आफूहरुकै रोहवरमा लिखित सहमति भएको खुलासा थापाले गरेका छन् । ‘लिखित र मौखिम सहमति हाम्रै रोहवरमा भएको हो,’ थापाले भन्छन्, ‘हाम्रो कार्यकाल ६ महिनामा सकिने र त्यस लगत्तै काँग्रेसलाई नेतृत्व दिने सहमति भएको सत्य हो ।’

थापाकाअनुसार फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिँदा केन्द्रमा गठबन्धन नभएको र यहीँको राजनीतिक परिघटनाले केन्द्रमा गठबन्धन बनेको हो । सात प्रदेशमध्य ६ प्रदेशमा काँग्रेस, समाजवादी र माओवादीले दुई÷दुई प्रदेशमा नेतृत्व गर्ने र जनता समाजवादीले प्रदेश २ मा नेतृत्व गर्ने गठबन्धनको सहमति भएको उनले उल्लेख गरे ।

माओवादीले तीन ठाउँमा नेतृत्व गरिसकेकाले कर्णालीमा काँग्रेसले नेतृत्व पाउनुपर्ने थापा बताउँछन् । ‘मुख्यमन्त्रीले म छोड्दै छोड्दैन भन्नु भएको छैन्, केन्द्रमा गठबन्धनको निर्णयपछि यहाँ परिवर्तन हुन्छ,’ थापा भन्छन्, ‘स्पष्ट रुपमा माथिको निर्देशनपछि मात्रै यहाँको सत्ता परिवर्तन हुन्छ ।’ पछिल्लो राजनीतिक घटना क्रमले कर्णालीमा कुनै प्रभाव नपर्ने उनको दावी छ ।

तपाईको प्रतिक्रिया