प्रेमी प्रेमीकालाई रोमान्टिक बनाउने खानेकुरा

केही खानेकुराहरू स्वादका लागि खाइन्छ भने केही खानेकुराहरू पेट भर्नका लागि खाइन्छ । हाम्रै वरिपरि रहेका र हामीले नियमित जसो खाइरहेकै केही खानेकुराहरूले खाएपछि रोमान्टिक बनाउँदै कामेच्छा समेत जागृत बनाउने खालका हुन्छन् । यस्ता किसिमका खानेकुरा अरू खानेकुराको जस्तो महँगो पैसा तिरेर किन्नु पनि पर्दैन । केबल खाएपछि तपाईँलाई रोमान्टिक बनाउने खाद्य अनुसन्धानका विशेषज्ञहरूले बताएका छन् ।

चकलेट

माया प्रेमलाई प्रगाढ गर्न धेरैले आफ्नो प्रेमी र प्रेमिकालाई चकलेट उपहार दिने चलन व्यापक नै छ । अझ नेपालमा पनि भ्यालेन्टाइन डे भव्य रूपमा मनाउन थालेपछि अहिले चकलेटको प्रयोग बढ्दै गएको छ । पश्चिमी समाजमा एक अर्कालाई दिइने चकलेटको सेवनले मनमा रोमान्टिक भाव आउने गरेको विभिन्न सर्वेक्षणहरूले बताउँदै आएको छ । चकलेट माथि भएको केही अनुसन्धानहरूले के कुराको पुष्टि गरेको छ भने यसको सेवनले रक्तचापमा कमी ल्याएर भावनात्मक स्थितिमा सुधार ल्याउँछ भन्ने छ ।

चकलेट खाएपछि कामोत्तेजना बढाउनुमा चकलेटमा रहेका विभिन्न गुणहरूले गर्दा हुने गर्छ । चकलेट सेवन गरेपछि शरीरले एण्डोफिन नामक पदार्थ निष्कासन गर्छ जसले सेवनकर्ताको मुडलाई उत्तेजित बनाउँछ । यस्तै डार्क चकलेटको सेवनले यौनसम्बन्धीमा सुधार ल्याउँछ भन्ने छ । डार्क चकलेटमा जिङ्क र म्याग्नेसियम जस्ता खनिज पदार्थ रहेको कारण यसले विपरीत लिङ्गी प्रति सकारात्मक ऊर्जा र भावना पैदा गराउँछ भन्ने नै छ ।

अनार

अनारलाई प्राचीन आयुर्वेदमा लोकप्रिय कामोत्तेजना जागृत गराउने फल मानिन्छ । पछिल्लो पटक विज्ञानका विभिन्न अध्ययनहरूले अनारको सेवनले पुरुषमा शुक्रकीटको सङ्ख्या बढाउने क्षमता राख्नुका साथै टेस्टोस्टेरोन हार्मोन बढाउने क्षमता राख्छ भन्ने छ । टेस्टोस्टेरोन हार्मोनको सङ्ख्या जति बढ्दै जान्छ उत्तेजनाको स्तर पनि बढ्दै जान्छ । यस्तै अनारमा एन्टिअक्सिडेन्टको मात्रा पनि बढी हुन्छ जसले शरीरमा रक्त प्रवाहलाई बढाउने काम गर्छ । त्यसैले प्रेमी प्रेमीका बिच रोमान्टिक मुड बनाउनु भन्दा केही बेर अगाडी अनार वा अनारको रस सेवन गर्नु फाइदाजनक नै मानिन्छ ।

पेस्ता

पेस्ता पनि बेड रुमलाई रोमान्टिक बनाउने खानेकुरामै पर्छ । अझ आफ्नो पार्टनर साथै छ भने यो खादै रोमान्टिक मुड बनाउन पनि सक्नुहुन्छ । पेस्तालाई पनि कामोत्तेजना जागृत गर्ने खानेकुरा मानिन्छ । यसले पुरुषको उत्तेजनामा आउने विभिन्न किसिमका समस्याहरूलाई पनि निदान गर्ने मानिन्छ । पेस्तामा भिटामिन बि–६ को मात्रा अधिक हुने गर्छ । यसले तनावलाई कम गर्न मद्दत गर्छ । तनाव रहित भएको अवस्थामा पार्टनर साथै हुँदा मुड बढी रोमान्टिक हुने गर्छ ।

रेड वाइन

रेड वाइनको सेवनले मनमा देखिएका विभिन्न किसिमका अवरोधहरूलाई खोलेर रोमान्टिक भावनाहरू विकास गर्छ । रेड वाइनको सेवनले बिशेषत महिलाहरूमा रहेको यौन स्वास्थसंग सम्बन्धित विभिन्न किसिमका समस्याहरू हट्ने अनुसन्धानले देखाएको छ । यसको सेवनले शरीरमा रक्त प्रवाहलाई राम्रो गर्नुका साथै शारीरिक सम्बन्ध राख्ने इच्छालाई जागृत गर्छ ।

त्यसैले पार्टनरसँग रोमान्टिक पल बिताउने हो भने एक बोतल रेड वाइन, एउटा डार्क चकलेट र केही पेस्ता लिएर सँगै बसेर खानुहोस् अनि थाहा पाउनु हुनेछ यी खानेकुराले तपाईँहरूलाई कतिको रोमान्टिक बनाउँछ भनेर ।

तपाईको प्रतिक्रिया