सुर्खेतमा कांग्रेसको वडा अधिवेशन : पौडेल पक्षको गढ भत्काउँदै देउवा पक्षको ह्याट्रिक

सुर्खेत । नेपाली कांग्रेसले सुर्खेतका ९९ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ । शनिवार र आइतवार गरेर काँग्रेसले सबै वडामा अधिवेशन सम्पन्न गरेको हो। शनिवार नै वडामा अधिवेशन गर्ने कार्यतालिका थियो सोही अनुसार सुर्खेतका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । केही वडाहरुमा भने निर्वाचनबाट नेतृत्व चयन गरिएको छ।

सहमतिको प्रयास असफल भएका र निर्वाचन प्रक्रियामा पनि विवाद भएका वडाहरुको निर्वाचन आइतबार गरिएको छ । आइतबार निर्वाचन भएका बडाको मतपरिणाम आज सोमवार सम्म आइपुग्ने निर्वाचन अधिकृत मदन रेग्मील जानकारी दिए । सुर्खेतका वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ वडा नं. ३ मा सबैभन्दा धेरै विवाद उत्पन्न भएको थियो । ती दुवै वडामा पटक-पटक कार्यकर्ताहरुवीच झडप समेत भएको थियो ।

वीरेन्द्रनगरका अन्य वडामा अन्य निर्वाचन भएको थियो । वीरेन्द्रनगर ११ लगायतका अन्य केही बडामा भने सर्वसम्मत नेतृत्व छानिएको छ। मतपरिणाम घोषणा भएका वडाहरुको नजिता अनुसार वीरेन्द्रनगरमा यसपाली नेता हृदयराम थानी समूहलाई ठूलो धक्का लागेको छ । यसअपि थानीको पकड क्षेत्र मानिने वीरेन्द्रनगरका धेरै वडामा महामन्त्री पूर्णबहादुर खड्का समूहले जित हात पारेको छ । नेताहरु हृदयराम थानी, कमराज रेग्मी लगायतका नेताहरुको गृहनगर भएका कारण पनि वीरेन्द्रनगरमा यसअघी खड़का समूह कमजोर थियो तर विगतदेखि नै थानी समूहबाट राजनीति सुरु गरेका केही नेताहरू खड्का समूहमा गएपछि थानी समूहलाई घाटा लागेको हो।

वीरेन्द्रनगरकै वडा अर्थात बजार क्षेत्रमा पहिलो पटक खड़का समूहले नेतृत्व लिएको छ । खड़का समूहबाट जनकबहादुर रावलको सिंगो पदाधिकारी नै वडा कार्यसमितिमा आएका छन् । वीरेन्द्रनगरकै वडा नं. ८ को नेतृत्वमा पनि खड्का समूहले बाजी मारेको छ । त्यहाँ खड्का समूहका जयबहादुर थापा वडा सभापति बनेका छन्।

उक्त बड़ा बहालवाला जिल्ला सभापति कमलराज रेग्मीको बडा हो । वीरेन्द्रनगरमा पार्टी समायोजन अखण्ड नेपाल बाट आएका मतदाताले थानी समूहको पकडलाई तोडिदिएका छन्। खड्का समूह कमजोर रहेको वडामा निर्णायक बन्नेगरी सदस्यहरु समायोजन भएर आएपछि ति वडाहरुमा थानी समूह कमजोर बनेको हो ।

मतपरिणामले वीरेन्द्रनगरमा दुबै समूह बराबरीको अवस्थामा पुग्ने लगभग पक्कापक्की देखिएको छ । अन्य पालिकाको तुलनामा मतदाता धेरै भएका कारण पनि वीरेन्द्रनगरलाई निर्णायक रुपमा हेरिने गरिएको थियो । वीरेन्द्रनगरमा आफ्नो पकड भत्किएपछि बानी समूहले नगर सभापतिमा बलियो र मध्यमार्गी उम्मेदवार उठाउने रणनीति लिएको छ । खड्का समूहले भने नगर सभापतिमा उपेन्द्र खड्कालाई अघि सारेको छ । उनले वडा नं ६ बाट सबैभन्दा बढी अर्थात एकसय १५ मत ल्याएर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् थानी समूहले पनि वडा नं. ६ गणेश पन्तलाई नगर सभापतिका अगाडि सारेको थियो ।

तर ६ नम्बर वडामा कमजोर बनेपछि अब थानी समूहले नगर सभापतिमा सबैभन्दा बलियो उम्मेदबार बनाउने तयारी चालेको छ । अन्य स्थानीय तहहरूमा पनि वडाको नेतृत्वमा खड्का समूह नै हावी भएको छ। मत परिणाम घोषणा भएका सिम्ता लेकवेशी, गुर्भाकोट र भेरीगंगा नगर पालिका अधिकांश वडाको नेतृत्व खड़का समूहले लिएको छ ।

जिल्ला नेतृत्व हत्याउन जोड घटाउ सुरु

बड़ा अधिवेशन सम्पन्न भएसँगै काँग्रेसमा आगामी जिल्ला नेतृत्वका लागि जोड घटाउ सुरु भएको छ। मतदाताहरु बडाबाट छनौट हुने भएका कारण जिल्ला नेतृत्वकामा जोडघटाउ सुरु गरेका हुन्। सुर्खेतमा बडाको अन्तिम मत परिणाम आएपछि मात्र जिल्लामा कुन समूह बलियो छ भन्ने आकलन गर्न सहज हुनेछ । जिल्लाको नयाँ नेतृत्वका लागि सुर्खेतमा मंसिर १० गते निर्वाचन गर्ने कार्यतालिका छ । जिल्ला अधिवेशनको मिति नजिकिदै जाँदा नेतृत्वका आकाक्षीहरुले मतदाताको जोडघटाउ सुरु गरेका छन्।

यही कार्तिक ३० गते पालिका अधिवेशन र मंसिर ३ गते क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ । वडाको नेतृत्व ढुंगो लागेसँगै पालिका, क्षेत्र र जिल्ला नेतृत्वका लागि आकांक्षीहरुले दौडधुप बढाएका छन् । यसअघी थानी समूहको पकड रहेको सुर्खेतमा यसपाली खड्का समूह जिल्लाका सबै तहमा नेतृत्व हत्याउन दाउमा छ।

कतै गोलाप्रथा, कतै एक मतको अन्तरले विजयी

सर्वसम्मत नेतृत्व छनौट हुन नसकेका कतिपय वडाहरूमा भने निर्वाचनको नजिता अनौठो आएको छ। कुनै बडामा गोलाप्रथाबाट प्रतिनिधि चुनिएका छन् भने कुनै वडामा एक मतले मात्र उम्मेदवारहरु विजयी भएका छन्। वरिन्द्रनगरको वडा नं. ६ मा गोलाप्रघावाट क्षेत्रीय प्रतिनिधि छनौट गरिएको छ।

महामन्त्री खड्का समूहका उम्मेदवार पदमबहादुर शाही र थानी समूहका गणेश पन्तको मत बराबर आएपछि गोलाप्रथा गरिएको हो। त्यहाँ गोलाप्रथाबाट थानी समूहका पन्त क्षेत्रीय प्रतिनिधिमा विजय भएका छन्।

याे रैबार युगआह्वान दैनिकमा  प्रकाशित छ ।

तपाईको प्रतिक्रिया