वीरेन्द्रनगर बजार बन्द गराउँदै हिँडेका दुई जना पक्राउ

सुर्खेत। सुर्खेत वीरेन्द्रनगरमा विप्लव समूहका दुई जना कार्यकर्ताहरू पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर-२ का २० वर्षीय दिनेश बोगटी र कालीकोटको सान्नी त्रिवेणीका ३० वर्षीय तुलाराज तिरुवा छन्।

उनीहरूलाई वीरेन्द्रनगरको धुलीयाबीटबाट पक्राउ गरेको सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बताए। वीरेन्द्रनगर बजार बन्द गराउँदै हिँडेको अवस्थामन पक्राउ गरेको घर्तीले बताए। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा विप्लवले आह्वान गरेको बन्दका कारण सुर्खेतका पसल, बैंक तथा वित्तीय संस्थाहरू बन्द छन्।

तपाईको प्रतिक्रिया