‘भि-बोन’ ब्राण्डका आधुनिक कुर्सी अब वीरेन्द्रनगरमा

सुर्खेत । भारतीय कम्पनी भि-बोन ब्राण्डका आधुनिक फर्निचरका कुर्सीको शोरुम कर्णाली प्रदेश राजधानी सुर्खेतमा सुरु भएको छ । वीरेन्द्रनगर–६, बुद्धपथस्थित टिडी डेकोर हबले डिलर लिएको हो । ग्राहकहरुलाई लक्षित गरि सुरु भएको उक्त शोरुममा न्यूनतम् १० हजारदेखि अधिकतम् १ लाख २९ हजारसम्मका कुर्सी बिक्रीमा राखिएको छ ।

२१ वटा मोडलमा कुर्सीहरू उपलब्ध रहेको डेकोरका सञ्चालक देवेन्द्र अधिकारीले बताए । प्रत्येक कुर्सीमा दुई वर्षको वारेन्टी दिइएको छ । अधिकारीका अनुसार बिक्रीसँगै सर्भिस सेन्टर पनि छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिए ।

भारतीय कम्पनीले नेपालका विभिन्न सहरहरूमा बिक्रीका लागि ३६ वटा डिलर सञ्चालनमा रहेको कम्पनीका प्रतिनिधि पर्बिन श्रीबास्तब बताए । यस ब्रान्डका कुर्सीहरू अफिस, घर र व्यवसायमा प्रयोग गर्न सहज हुने श्रीबास्तबले जानकारी दिए । भि–बोनका कुर्सी आरामदायीसँगै स्वास्थ्यलाई पनि लाभ हुने गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया