सौर्यमण्डलको बाहिरी भागमा भेटियो रहस्यमय वस्तु

काठमाडौं । सौर्यमण्डलको बाहिरी भागमा लुकेको अवस्थामा एक वस्तु फेला परेको छ । इम्पेरियल कलेज अफ लण्डनका एस्ट्रोफिजिक्सका प्राध्यापक माइकल रोवान रोबिनसनले सौर्य मण्डलको बाहिरी भागमा लुकेको अवस्थामा फेला परेको एक वस्तु सार्वजनिक गरेका छन् । सौर्यमण्डलमा लुकेर बसेको उक्त वस्तु रहस्यमय ग्रह हुनसक्ने खगोलविद्को अनुमान छ । बेलायती वैज्ञानिकले वरुण ग्रहभन्दा पर समेत अर्को ग्रह छ वा छैन भनेर पुष्टि गर्ने उद्देश्यसहित सन् १९८३ मा इन्फ्रारेड एस्ट्रोनोमिकल सेटलाइट ९आईआरएएस ० द्वारा संकलित तथ्याङ्कलाई पुनस् विश्लेषण गर्ने निर्णय गरेका थिए ।

तथ्याङ्क विश्लेषणपछि सौर्यमण्डलमा तीन पटकसम्म उक्त वस्तु हिँडिरहेको पाइएको थियो । आईआरएएसको तथ्याङ्क अनुसार सम्भावित नवौं ग्रह पृथ्वीभन्दा ५ गुणा ठूलो र कक्षको दूरी २२५ गुणा बढी हुन सक्छ । अर्थात् सम्भावित नवौं ग्रह सूर्यबाट झण्डै २०।९ बिलियल माइल टाढा रहेको अनुमान गरिएको छ ।

यदि रहस्यमय उक्त वस्तुले त्यति टाढाको दूरीबाट सूर्यको परिक्रमा गरिरहेको भए निकै चिसो रहेको र सूर्यको प्रकाश निकै कम परावर्तन गर्ने ठानिएको छ । पछिल्लो अध्ययनले नयाँ ग्रह अस्तित्वमा रहेको वा नरहेको भनेर पुष्टि गरेको छैन । तर नयाँ ग्रहको खोजी कहाँ गर्ने भन्नेबारेमा महत्वपूर्ण सहयोग गर्ने खगोलविद्ले दाबी गरेका छन् ।

हाम्रो सौर्यमण्डलमा अर्को ग्रह छ वा छैन भनेर दशकौंदेखि बहस हुँदै आएको छ । हालसम्म ठोस प्रमाण फेला नपरेको भएपनि सौर्यमण्डलको बाहिरी भागमा गुरुत्वाकर्षणसहितका वस्तु फेला परेपछि अर्को ग्रह हुन सक्ने अनुमान गरिँदै आएको छ । हाल, सौर्यमण्डलमा ८ वटा ग्रह छन् । वरुण सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह हो । यसअघि सन् १९३० पत्ता लागेको यमसहित ९ वटा ग्रह थिए । तर ९० को दशकमा यमलाई ग्रहको हैसियत दिन नहुने भन्दै प्रश्न उठेको थियो ।

सौर्यमण्डलको बाहिरी भाग कुइपर बेल्टमा यमजस्तै कैयौं वस्तु फेला परेपछि उक्त प्रश्न उठेको थियो । फलस्वरुप, सन् २००६ मा अन्तर्राष्ट्रिय खगोलीय संघले एक विवादास्पद मतदानमार्फत यमलाई ग्रहको सूचीबाट हटाएर ‘लघु ग्रह’ घोषणा गरेको थियो । – विभिन्न एजेन्सी

तपाईको प्रतिक्रिया