शारिरीक अशक्त बालबालिकालाइ एभरेष्टकाे सहयाेग

दैलेख । सामाजिक क्षेत्रमा काम गर्दै आएको एभरेष्ट क्लव दैलेखले शारिरीक अशक्त बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ । नारायण नगरपालिकाको भूर्तिमा रहेको रेडक्रस माध्यमिक विद्यालयमा अध्ययनरत नौ जना बालबालिकालाई क्लवले आर्थिक सहयोग गरेको हो ।

रेडक्रसमा अध्ययनरत तीन छात्र र ६ छात्रालाई जनही १२ हजारका दरले छात्रवृद्धि रकम प्रदान गरिएको क्लवका अध्यक्ष दिपक शाहीले बताए । उनले आर्थिक अभावकै कारण पढाइबाट बालकालिका बञ्चित हुन नदिने उदेश्यले क्लवले आर्थिक सहयोग गरेको उल्लेख गरे ।

२०६२ सालमा स्थापना भएको रेडक्रस माविमा पाठ्यपुस्तक अभाव, खानेपानी, फर्निचर लगायतको समस्या भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले बताए । उनले विद्यार्थीहरुलाई क्लवले गरेको सहयोगले उनीहरुलाई ठूलो राहत पुगेको जनाए । क्लवले जिल्लाका दुई पालिकाहरुमा गरिव, अशाय, अशक्तका लागि छात्रवृद्धि रकम प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया