आइफोनको सस्तो भर्सन एप्पल, नेपालमा मूल्य ६० हजार

एजेन्सी । एप्पलले आइफोनको सस्तो भर्सन ल्याउने तयारी गरेको छ । आइफोन एसथ्रीको नामबाट एप्पलले यही वर्षभित्र सस्तो आइफोन ल्याउने तयारी गरिरहेको समाचारमा जनाइएको छ । यसअघि नै सार्वजनिक हुने भनिएको आइफोन एसथ्रीमा कारणवश ढिलाइ भएको बताइएको छ । तर पछिल्लो रिपोर्ट अनुसार आइफोन एसथ्री आगामी मार्च र अप्रिलको बचिमा सार्वजनिक हुनेछ ।

रिपोर्टहरुमा आइफोन एसथ्रीको केही फिचरका बारेमा जानकारी समेत लिक भएको छ । जसअनुसार यसमा ५ जी सपोर्ट समेत उपलब्ध हुनेछ । नेपालमा यसको मूल्य ६० हजार रुपैयाँमाथि हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया