सुर्खेत चौकुने गाउँपालिकामा बन रक्षक मृत फेला

सुर्खेत। चौकुने गाउँपालिका–४ स्थित बिजौरा पोष्टका बन रक्षक मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१२ घर भएका ४५ वर्षीय महानन्द आचार्य मृत अवस्थामा फेला परेको सुर्खेतका एसपी राजेन्द्र भट्टले  बताए ।

चौकुने गाउँपालिका–४ स्थित भुडेभाबरमा रहेको कुलु कर्णाली सामुदायिक बनका अध्यक्ष गंगाराम बिसीको घरमा उनी मृत भेटिएका हुन् । बिहान मृत अवस्थामा भेटिएपछि बिसीले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव पोष्टमार्टमका लागी अस्पताल पठाइएको र घटनाबारे छानबिन भइरहेको एसपी भट्टले बताए ।

तपाईको प्रतिक्रिया