सुर्खेतको जिल्ला अधिवेशनमा संस्थापन पक्षकाे प्यानल विजयी

सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला अधिवेशन नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल  सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी भारी मतका साथ विजयी भएका छन् ।

उप-सभापतिमा विष्णु खड्का १२०३, टोपबहादुर रावत ११६०, सचिवमा देवकुमार सुवेदी १२६७, बालदिप कँडेल ११९२ र उप-सचिवमा हरि विष्ट ११८०प्रकाश डिसी  ११९६ मत ल्याएर विजयी भएका छन् ।

नयाँ नेतृत्वका लागि सभापतिमा खड्ग पोखरेल हिजाे नै सर्बसमत सभापतीमा चयन भएका छन् भने बाँकी नेतृत्वका लागि मतदान भएकाे थियाे ।

तपाईको प्रतिक्रिया